+
+

सर्लाहीमा आगो ताप्दा जलेर वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १०:३८

६ माघ, जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक सातायताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?