+
+

आन्तरिक हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १०:४२
नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमा फन्को लगाइरहेको हवाईजहाज । तस्वीर : फ्लाइट राडार

६ माघ, काठमाडौं । मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ ।

काठमाडौंबाट नेपालगञ्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ ।

पश्चिमी वायुको प्रभावले केही स्थानहरुमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?