+
+

रोहितको निर्देशनमा बनेको सर्ट फिल्म ‘चेत’ उत्कृष्ट २० मा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ११:४१

६ माघ, काठमाडौं । सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ ।

जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो ।

रोहित खनालले निर्देशन गरेको यो सर्ट फिल्मलाई केशवजीले लेखेका हुन् । सर्ट फिल्ममा रेवती निरौला र कमल नेपालको मुख्य भूमिका रहेको छ । सर्ट फिल्मको छायांकन तथा सम्पादन रोहितले नै गरेका हुन् ।

जातीय विभेद विरुद्ध सचेतना जगाउने अधिकांश फिल्मभन्दा यो सर्ट फिल्म फरक ढंगले निर्माण गर्ने कोशिश गरिएको निर्देशक खनालले बताए । जबसम्म चेतनामा परिवर्तन हुँदैन तबसम्म जातीय विभेद अन्त्य हुन नसक्ने विषयलाई फिल्ममा समेटिएको उनको भनाइ छ ।

तीन मिनेटको सर्ट फिल्म ‘चेत’मा एक ब्राह्मण समुदायका व्यक्तिले कोरोना भाइरस संक्रमण भएको बेला आइसोलेसनमा ‘अछुत’ भएर बस्दा दलितहरुको पीडा महसुस गरी छुवाछुत त्यागेको कथा छ ।

यूएनडीपीले फेसबुक पेजमा पोष्ट गरेको दुई हप्तासम्म आउने भ्युज, कमेन्ट र लाइकलाई आधा र निर्णायक मण्डलको निर्णयलाई आधा अंकभार दिएर नजिता प्रकाशन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?