+
+

३ महिनासम्म कोरोना परीक्षण शुल्क १५ सय मात्रै लिन्छौं : अफिन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १३:२०

६ माघ, काठमाडौं । सबै निजी अस्पताललाई कोरोना परीक्षण शुल्क १५ सय कायम गर्ने एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले निर्देशन दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी ८ सय र निजीले १५०० लिनका अनुरोध गरेको थियो । अफिनका महासचिव हेमराज दाहालले कोरोना महामारीमा सामाजिक उत्तरदायित्वको हिसाबले पनि शुल्क घटाएर लिन निजी अस्पताललाई निर्देशक दिएको बताए । ‘व्यवसायिक हिसाबले हामीलाई पिसिआर शुल्कमा खासै नाफा हुँदैन । अहिले समयलाई मध्यनजर गदै सामाजिक उत्तरदायित्व निर्वाह गरेको हौं,’ दाहालले अनलाइखबरसँग भने ।

यो शुल्क तीन महिनासम्मका लागि मात्रै कायम गरिएको हो । त्यसैगरी कोरोना संक्रमितको उपचारमा सरकारले दिने गरेको रकम अपुग भएको गुनासो गरे ।

हाल सरकारले जटिल अवस्थाका प्रतिदिन बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार सामान्य अवस्थाको भए ३५००, मध्यम जटिल खालको भए ७००० सोधभर्ना दिन्छ ।

सरकारी अस्पताल र सरकारसँग सम्झौता गरेका अस्पतालले संक्रमितको उपचार गरे बापत सरकारले अस्पताललाई सोधभर्ना दिनेछन् ।

कोरोना संक्रमितको निःशुल्क उपचार पनि स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी अस्पतालहरु र सम्झौता गरेका अस्पतालमा मात्र लागू गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतमा ७८ वटा अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन भएको जनाएको छ । ‘सरकारले प्रतिदिन प्रतिबिरामी संक्रमितको उपचार बापत दिने शुल्क निजीका ठूला अस्पताललाई पुग्दैन ।

‘अन्तराष्ट्रिय हिसाबको सेवा-सुविधा भएका अस्पतालमा त्यति रकमले काम गर्न सक्दिैन’ डा. दाहालले भने, ‘ यस बिषयमा सरकारले समयमै नै सोच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?