+
+

सर्लाहीमा घुर ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकामा घुर ताप्‍ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेकी छिन् ।

रासस रासस
२०७८ माघ ६ गते १६:२२

६ माघ, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा घुर ताप्‍ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेकी छिन् ।

अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ । यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?