+
+

शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १२:४२
छाउनीस्थित राष्ट्रिय संग्रहालय । तस्वीर : फेसबुक पेजबाट

७ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड हुने क्षेत्र भन्दै यसलाई बन्द गर्न भनिएको थियो ।

पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखेले यसैपनि संग्रहालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि संग्रहालयको सेवा प्रभावित भएको बताए । बिहीबारको प्रशासनको आदेशले संग्रहालय पनि बन्द गर्न भनेपछि अर्को सूचना जारी नभएसम्मको लागि शनिबारदेखि संग्रहालय बन्द गरिएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?