+
+

अर्ली इलेक्सनमा एमालेको असहमति होइन : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १४:२२

७ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको उनले बताएका छन् ।

तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा अर्ली इलेक्सन गर्न प्रस्ताव गरेका छन्, जसमा नेकपा एकीकृत समाजवादी पनि सहमत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?