+
+

सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १५:०२
फाइल तस्वीर

७ माघ, काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।

यद्यपि सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ ।

जोर बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनको भनाइ छ । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले बताए ।

व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर बिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।

स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम गर्ने भन्दै शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?