+
+

आमा बनिन् प्रियंका चोपडा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १०:११

बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् । केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडाले गायक जोनससँग उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् ।

तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत चलेको थियोे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चलेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?