+
+

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना, अत्यावश्यकबाहेक सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १२:४४

८ माघ, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी दिएको छ ।

सूचनाअधिकारी जोशीकाअनुसार अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले परीक्षण गराउने तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?