+
+

बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

रासस रासस
२०७८ माघ ८ गते १४:४४

८ माघ, बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि त्यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा र खोप कार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ। यस्तै, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुनर्या गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ।

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने जिप्रकाद्वारा जारी सूचनामा उल्लेख छ। पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनसहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको हो । गृह मन्त्रालयको निर्देशनानुसार शुक्रबारदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा पूर्ण खोप लगाएको खोप कार्ड साथमा राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका तर्फबाट हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ । जिल्ला सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई पनि आग्रह गरिएको छ।

घरबाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायमलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ। यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिँदैछ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?