+
+

लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १०:०३

९ माघ, जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् ।

हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरिएको बुढाथोकीले बताए । उनीहरूको साथबाट पाँच किलो गाँजा बरामद भएको छ ।

दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?