+
+

इलाम अब जहाजमा, ८ फागुनदेखि हरेक साता एउटा उडान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:०४

९ माघ, काठमाडौं । पूर्वी नेपालको इलाम पुग्न अब झापाको विकल्प तयार भएको छ । इलामको सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै यहाँ ८ फागुनबाट हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ ।

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको हो । इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान-अवतरण हुने निश्चित भएको हो ।

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले तिर्नेछ ।

नगरपालिकाले एकतर्फी भाडा तिरेमा दुइतर्फकै उड्नका लागि सहुलियत दिएको हो । पूर्वी नेपालको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायातबाट जादाँ बढि समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने अपेक्षा नगरपालिकाको छ ।

इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम-अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?