+
+

रिजवानले जिते आईसीसी टी-२० क्रिकेटर अफ दि इअरको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १६:४५

९ माघ, काठमाडौं । पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले आईसीसी टी-२० क्रिकेटर अफ दि इअर-२०२१ अवार्ड जितेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) हरेक वर्ष टी-२० तर्फ प्रदान गर्दै आएको अवार्ड २०२१ मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा रिजवानले जितेका हुन् । आईसीसीले आइतबार अवार्ड विजेताको घोषणा गरेको हो ।

२९ वर्षीय रिजवानले सन् २०२१ मा २९ खेल खेल्दै ७३.६६ औषतमा एक हजार ३२६ रन बनाएका थिए । जसमा उनले एक शतकसमेत प्रहार गरेका थिए । उनले २२ क्याचआउट र २ स्टम्पिङ पनि गरेका थिए ।

यस्तै, आईसीसी वुमन्स टी-२० क्रिकेटर अफ दि इअरको अवार्ड इंग्ल्याण्डकी टम्मी बेउमाउन्टले जितेकी छन् । उनले २०२१ मा ९ खेल खेल्दै ३ अर्धशतकको मद्दतमा ३०३ रन बनाएकी थिइन् ।

यसैगरी आईसीसी एसोसियट क्रिकेटर अफ दी इयर २०२१ को अवार्ड ओमानका कप्तान जिशान मक्सुदले जितेका छन् । वर्ष २०२१ मा अलराउण्ड प्रदर्शन गरेका मक्सुदले १३ अन्तर्राष्ट्रिय खेलमा ३१६ रन बनाउनुको साथै २१ विकेटसमेत लिएका थिए ।

आईसीसी वुमन्स एसोसिएट क्रिकेटर अफ दि इअरको अवार्ड अष्ट्रियाकी आन्द्रे माई जेपेडाले जितेकी छन् । आईसीसी इमर्जिङ मेन्स क्रिकेटर अफ दी इअर २०२१ को अवार्ड दक्षिण अफ्रिकी ब्याट्सम्यान लानेमन मालानले जितेका छन् । उनले गत वर्ष १७ अन्तर्राष्ट्रिय खेलमा दुई शतक र तीन अर्धशतकसहित ७१५
रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?