९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ ।
एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।
तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।
‘एन्फाको आयोजनामा मिति २०७८ माघ १५ गतेदेखि सञ्चालन हुने भनिएको राष्ट्रिय महिला लिग २०७८ का खेलहरु कोभिड १९ महामारीका कारण अर्को सूचना प्रकाशित नभएसम्मलाई स्थगित गरिएको जानकारी गराइन्छ ।’ एन्फाले जारी गरेको सूचनामा भनिएको छ ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।
लिगमा साविक विजेता एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको प्रतिस्पर्धा गर्ने तय थियो ।
तीन विभागीय टोलीसहित विराटनगर, वलिङ र चन्द्रपुर गरी ६ टिम गत सिजन लिग खेलेकै टिम हुन् भने धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट विजेतार उपविजेता बन्दै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।
कोभिड१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि अहिले नेपाली खेलकुद नै प्रभावित बन्न थालेको छ ।
हेर्नुस् एन्फाले निकालेको सूचना

 
                    










 २०७८ माघ  ९ गते १८:४७
                        २०७८ माघ  ९ गते १८:४७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4