+
+

चेल्सीले टोटनहमलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते ९:५४

१० माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहम हट्सपरलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ४७औं मिनेटमा हाकिम जियाचले कलुम हड्सन ओडोईको पासमा चेल्सीका लागि पहिलो गोल गरेका थिए । यस्तै थियागो शिल्भाले माउन माउन्टको पासमा ५५औं मिनेटमा दोस्रो गोल गरे ।

पहिलो हाफमा टोटनहमका ह्यारी केनले गोल गरेपनि उनले चेल्सीका शिल्भालाई पुस गरेको भन्दै त्यस गोलले मान्यता पाएन ।

जितपछि चेल्सी २४ खेलबाट ४७ अंक जोड्दै तेस्रो स्थानमै छ ।

यस्तै आइतबार राति नै भएको खेलमा दोस्रो स्थानको लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गरेको छ । लिभरपुलका लागि भर्जिल भान डाइकले आठौं, एलेक्स चेम्बरलेइनले ३२औं र फमबिन्होले ८९औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुल २२ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमै छ ।

प्रिमियर लिगकै अन्य खेलमा आर्सनलले बर्नलीसँग गोलरहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?