+
+

फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते ११:११
Photo Credit : Traffic Police

१० माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।

महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताएका छन् ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ ।

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?