+
+
Shares

चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
  • चोरी उजुरीका आधारमा खोजतलाश गर्दा केही सवारीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको छ।
  • चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ।

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१  वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका २२ स्कुटर र १९ वटा मोटसाइकल आइतबार सम्बन्धितलाई बुझाइएको जनाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी धनीलाई फिर्ता गरे ।

चोरी भएको उजुरी निवेदनका आधारमा खोजतलाश गर्दै जाँदा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

अहिलेका ४१ गरी गत साउन यता मात्रै चोरी भएका ५२ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको छ ।

चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र ०८१/०८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?