+
+

इन्जिनियरिङको स्नातक तहमा भर्ना खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १२:०६

१० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८/०७९ को स्नातक तह (बी.ई र बी.आर्क) कार्यक्रममा भर्ना खुला गरेको छ ।
त्रिविले पाँच आंगिक क्याम्पसहरू र १० सम्बन्धन प्राप्त कलेजहरूको लागि आवेदन माग गरेको हो ।

संस्थानले सूचना जारी गर्दै प्राप्त आवेदनहरूको आधारमा कम्प्युटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा फागुन ८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा सञ्चालन गरिने उल्लेख गरेको छ ।

संस्थानले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्सलगायतका १२ वटा कार्यक्रमका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले माघ १३ गते बिहान १० बजेदेखि २७ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

विद्यार्थीले प्रवेश परीक्षा शुल्क बापतको रकम दुई हजार सिद्धार्थ बैंकको कुनै पनि शाखाबाट कुनै पनि सेवा उपयोग गरी जम्मा गर्न सक्ने संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?