+
+

दीपिकाको ‘गहराइयाँ’को ‘डुबे’ गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १३:२६

१० माघ, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । सोनी म्युजिक इण्डियाले यो चलचित्रको ‘डुबे’ गीत सार्वजनिक गरेको हो ।

केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त चतुर्वेदी रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको छ ।

‘डुबे’ गीतका संगीतकार कबिर कथपालियले ‘गहराइयाँ’मा काम गर्नु एक अविश्वसनीय अनुभव रहेको बताएका छन् । यसअघि टिजर रिलिज हुँदा पनि स्रोता–दर्शकबाट धेरै माया पाएको र अब गीतबाट पनि यस्तै अपेक्षा गरेको उनले उल्लेख गरेका छन् ।

‘गहराइयाँ’मा दीपिका र सिद्धान्तसँगै अनन्या पाण्डे, धैर्य करवा, नसिरुद्दिन शाह र रजत कपुरले पनि अभिनय गरेका छन् । यो चलचित्रलाई शकुन बत्राले निर्देशन गरेका हुन् ।

चलचित्र अमेजन प्राइम भिडियोमा फेब्रअरी ११ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?