+
+

बझाङमा विप्लव कार्यकर्ताले वडा अध्यक्ष र सचिवलाई दले मोसो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १९:०७

१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्ववियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्ववियु(क्रान्तिकारी)ले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?