+
+

कर्मचारीमा कोरोना देखिएपछि बाँकेमा अत्यावश्यकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १९:४६

१० माघ, दाङ। जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो ।

प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार कार्यालयका कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्तारनवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएको सूचनामा जनाइएको छ। साथै अत्यावश्यक सेवाका लागि पनि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने बताइएको छ ।

हेर्नुस् बाँके प्रशासनले निकालेको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?