+
+

सवारी साधनमा तत्काल ‘युरो-६’ मापदण्ड लागू नगर्न नाडाको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १०:५७

१० माघ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पर्याप्त तयारी गरेर मात्रै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण मापदण्ड युरो ६ लागू गर्न माग गरेको छ ।

पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्न पूर्वाधारहरू नबनेकाले हतार नगर्न आग्रह गरेको हो ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले यूरो ३ बाट हुँदै ६ लागू गर्नुपर्ने माग गरे । पर्याप्त पुर्वाधार र दक्ष जनशक्ति पनि तयार भइनसकेकाले सरकारले हतार गर्दा सवारीमा लागत थप बढ्ने उनको भनाइ छ ।

४० प्रतिशतसम्म मूल्य बढेर उपभोक्तालाई मार पर्ने गरी युरो ६ मा तत्कालै जान नहुने नाडाको भनाइ छ ।

विकसित मुलुकहरू पनि युरो ६ मापदण्ड नगएकाले चरणबद्ध रूपमा जान सुझाव दिइएको छ । जनशक्ति र प्रविधिको विकास गर्दै युरो ६मा जानुपर्ने पक्षमा नाडा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?