+
+

झापामा मास्क बैंक पुनः सञ्चालनमा आयो

रासस रासस
२०७८ माघ ११ गते १२:०७

११ माघ, झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका-९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लबसमेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए ।

उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए ।

सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उनले जानकारी दिए ।उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।

मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताए । यो अभियानलाई सहयोग गर्नसमेत उनले सबैलाई अपिल गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?