+
+

निफको पाँचौं संस्करण चैतमा हुने, ३८ देशका ८९ चलचित्र छनोट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:०९

११ माघ, काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैतमा काठमाडौंमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफको पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सय बढी चलचित्र प्राप्त भएकोमा त्यसबाट ३८ देशका ८९ चलचित्र छनोट गरिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरुको आवेदन माग गरिएको थियो । यस्तै यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कार सहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको आयोजकले जनाएको छ ।

यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशीको माउण्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशीको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्टफिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?