+
+
Shares

समस्यामा पर्ने श्रमिकका लागि श्रममन्त्रीले सार्वजनिक गरे सचिवालयको फोन नम्बर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १४:४८

११ माघ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले समस्या परेका सोझै श्रमिकले आफ्नो सचिवालयमा सम्पर्क गर्नसक्ने गरी फोन नम्बर सार्वजनिक गरेका छन् ।

मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको बताएका छन् ।

‘नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ,’ उनले भनेका छन् ।

आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु ट्राभल्स सञ्चालकहरु, दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको र उनीबहरुबारे उजुरी पनि आएको मन्त्रीले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठका अनुसार समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ ।

‘अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले अपीलमा भनेका छन्,’ त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्नुहुनेछ । अन्त्यमा प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दछु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?