
१२ माघ, सप्तरी । सप्तकोसी नगरपालिका-४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पौने ८ बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका-१० का २८ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।
ट्रक र मोटरसाइकललाघ नियन्त्रणमा दिई यसबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4