+
+

लुम्बिनी प्रदेशमा जनसंख्या वृद्धिदर धेरै, गण्डकीमा कम

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १३:११

१२ माघ, काठमाडौं। नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रह्यो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ। विभागको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जनाच रहेको छ ।

यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । २०६८ सालमा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।

सबैभन्दा बढी भने लुम्बिनी प्रदेशको वृद्धिदर देखिन्छ । ५१ लाख २४ हजार २ सय २५ जनसंख्या हुँदा वृद्धिदर १.३० प्रतिशत रह्यो । २०६८ सालमा यहाँ ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको थियो ।

प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कर्णालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको छ ।

नेपालको जनसंख्या २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा २०७८ मा ०.९७ प्रतिशतको वृद्धिदरसहित २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?