+
+

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १८:१६
राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर, नेपाली कांग्रेसकी कमला पन्त र नेकपा माओवादी केन्द्रका भुवन सुनार

१२ माघ, पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर, र भुवनबहादुर सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

यस्तै पराजित एमालेका पूण्यप्रसाद पौडेलले २,६९४, अर्जुनकुमार सुनामले २,७२४ र लीला पोखरेल थनेतले २,७२४ मतभार पाएका थिए ।

बुधबार बिहान ९ बजेदेखि पोखरास्थित निर्वाचन कार्यालय परिसरमा भएको चुनावमा प्रदेशसभाका ५८ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?