+
+
Shares

क्रिप्टोकरेन्सी कारोबारीले प्रयोग गर्ने ३० उपकरण विमानस्थलबाट बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १९:२१

१२ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीले प्रयोग गर्ने ३० वटा विद्युतीय उपकरण काठमाडौंमा बरामद भएको छ ।

क्रिप्टोकरेन्सीको पासवर्डलाई सुरक्षित राख्ने प्रायोजनमा समेत प्रयोग हुने ‘डिजिटल वालेट’ नामक उपकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बरामद भएको हो ।

हङकङबाट आएका ती सामग्रीप्रति शंका लागेपछि विमानस्थल भन्सार कार्यालयले परीक्षणका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो । ब्यूरोका डीआईजी धिरजप्रताप सिंह भन्छन्, ‘यो सामग्री क्रिप्टोकरेन्सी कारोबार गर्नेले पनि प्रयोग गर्छन् भन्ने खुलेको छ, त्यसैले नष्ट गर्ने प्रक्रिया थालेका छौं ।’

उनका अनुसार विमानस्थल भन्सारले केही साताअघि नै सामग्री जाँचका लागि पठाए पनि हालै नष्ट गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रहरीका अनुसार यो सामग्री कम्प्युटरमा भएका अन्य फाइल वा पासवर्डहरुलाई लुकाउन पनि प्रयोग हुन्छ । ‘क्रिटोकरेन्सीको डिटेल लुकाउन पनि प्रयोग हुने गर्छ’ सिंह भन्छन्, ‘यो सामग्री चाहिँ के प्रयोजनका लागि नेपाल ल्याइएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।’

यो सामग्री अष्ट्रेलियामा बस्ने व्यक्तिले अनलाइनमार्फत खरिद गरेर नेपाल पठाएको खुलेको अधिकृतहरु बताउँछन् । बरामद उपकरणहरु हालसम्म प्रयोग भएका छैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?