
१२ माघ, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) रबिन बिष्टले सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।
अस्वस्थताकै कारण जोशी श्रीमती र छोरासँगै टीकापुर आफन्तको विवाहमा नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4