+
+

यातायात कार्यालयमा विचौलिया रोक्न मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १३:०९

१३ माघ, काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै उनले यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् । पत्रकारहरुले पनि बेला बेलामा आएर बिचौलियाहरुको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरुले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ’ उनले भने ।

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।

‘हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । हाम्रो काम गर्ने शैलीहरु हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरु छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौं’ उनले भने ।

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकाले त्यसलाई छिटै समाधान गर्ने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?