
१३ माघ, काठमाडौं। धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८: ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७:४० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।
मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4