+
+

इङल्याण्डमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १३:०२

१३ माघ, काठमाडौं। इङल्याण्डमा कोरोना भाइरससम्बन्धी अधिकांश प्रतिबन्ध हटाइएको छ। बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने सहितका प्रतिबन्धात्मक नियम हटाइएको हो।

बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश गर्न पाइने नियम हटेको छ ।

संक्रमित व्यक्ति ५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम भने कायमै रहेको एबीसी न्युजले जनाएको छ ।सरकारले गत हप्ता मात्रै घरबाटै काम गर्ने र कक्षाकोठामा मास्क लगाउनुपर्ने नियम खारेज गरेको थियो ।

तर केही व्यवसायी र सार्वजनिक यातायात सञ्चालकले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहने बताएका छन् । लण्डनका मेयर सदिक खानले समेत राजधानीका बस एवं भूमिगत रेलमा यात्रा गर्दा मास्क लगाउनु पर्ने बताएका छन् ।

बेलायतमा डिसेम्बरको सुरुदेखि नै तीव्र फैलिइरहेको कोभिड-१९ को नयाँ ओमिक्रोनका कारण अस्पतालमा हुन सक्ने अत्यधिक भीडभाड रोक्न र मानिसहरूलाई बुस्टर डोज लगाउने समय निकाल्नका लागि ‘बी प्लान’ नामक प्रतिबन्धात्मक नियम लागू गरिएको थियो ।

यसैबीच, स्वास्थ्य अधिकारीहरूले महामारीपछि कोभिड-१९ लाई रुघाखोकी जस्तै मान्ने गरी दीर्घकालीन’ रणनीति बनाइरहेको बताएका छन् ।

बेलायतमा १२ वर्षमाथिका ८४ प्रतिशतले कोभिड खोपको दोस्रो डोज र दोस्रो डोज लगाइसकेका व्यक्तिमध्ये ८१ प्रतिशतले बुस्टर डोज लगाइसकेको पनि अधिकारीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?