+
+

नवाजुद्दिनले बाबुको नाममा बनाए सपनाको घर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १२:४६

१४ माघ, काठमाडौं । बलिउडका सफल अभिनेता नवाजुद्दिन सिद्धिकीले मुम्बईमा आफ्नो सपनाको घर तयार पारेका छन् । एक सामान्य परिवारबाट बलिउडमा स्थापित भएका नवाजुद्दिनले मुम्बईमा आलिशान घर बनाएका हुन् ।

नवाजुद्दिनको बलिउड संघर्ष धेरैका लागि प्रेरणा बन्ने गरेको छ । बिहारको एक सामान्य परिवारमा जन्मिएर मुम्बईमा संघर्ष गर्दै उनी करिअरको उचाइमा पुगेका हुन् ।

नवाजुद्दिनको सेतो रंगको घरको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको घरलाई प्रशंसकहरुले निक्कै मन पराएका छन् । नवाजुद्दिनले यो घर सम्पन्न गर्न तीन वर्षको समय लगाएका छन् । उनले घरको नाम आफ्नो बाबुको नाममा राखेका छन् । उनका बाबुको नाम नवाब हो । नवाजुद्दिनले आफ्नो नयाँ घर कति रकममा तयार गरे भन्ने खुलाइएको छैन ।

नवाजुद्दिन चाँडै नै ‘टिकु वेड्स सेरु’मा काम गर्ने तयारीमा छन् । साथै उनी चलचित्र ‘हिरोपन्ती २’मा पनि देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?