+
+

४० क्विन्टल जडीबुटी बोकेको ट्रयाक्टरसहित दुईजना पक्राउ

रासस रासस
२०७८ माघ १४ गते १६:०५

१२ माघ, सल्यान । सङ्कलन पूर्जी र छुट पूर्जीबिना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँको पातारासी गाउँपालिका-३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘जाँचका क्रममा सङ्कलन पूर्जी भेटिएको छैन’, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दुवै ट्रयाक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।’

पातारासी गाउँपालिका-७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्रयाक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सङ्कलन पूर्जी तथा छुट पुर्जीबिना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ ।

चालकसहित दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?