+
+

बैंकिङ कसूरका फरार प्रतिवादी काँडाघारीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:४७

१४ माघ, काठमाडौं। महानगरीय प्रहरी परिसरले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका-८ घर भई काठमाडौंको बानेश्वर-१० मा बस्‍दै आएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको आदेश अनुसार सिंहले १५ लाख धरौटी बुझाउन नसक्‍दा डिल्लीबजार कारागारमा जेल चलान गरिएको थियो ।

महाराजगञ्जबाट खटिएको प्रहरीले सिंहलाई काठमाडौंको काँडाघारीबाट शुक्रबार पक्राउ गरेको जनाएको छ ।

सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर एक जनालाई ६० लाख र अर्को एक जनालाई ६१ लाख बराबरको चेक भुक्तान हुने गरी दिएका थिए ।

पक्राउ परेका सिंहलाई शुक्रबार उच्चअदालत पाटट ७ दिनको म्‍याद लिइ थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । साथै सिंहले अन्य ब्यक्तिहरुलाईसमेत पीडित बनाएको हुन सक्ने भन्‍दै उजुरी गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?