+
+

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते २०:०३
फाइल तस्वीर

१४ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाले जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरेको बताए ।

यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरु भने खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?