+
+

पश्चिमा देशलाई युक्रेनको आग्रह- युद्धको डर नदेखाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १०:२०

१५ माघ, काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई युद्धको आतंक सिर्जना नगर्न आह्वान गरेका छन् । सीमा क्षेत्रमा रुसले आफ्ना सैनिक तैनाथ गरेको बेला युक्रेनलाई उक्त आह्वान गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा ‘कुनै पनि बेला आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थव्यवस्थामा खराब असर पर्नसक्ने उनले बताएका छन् । उनले देशभित्रको यो आतंक र अस्थीरताको स्थिति देशका लागि सबैभन्दा ठूलो खतरा हो पनि भनेको बीबीसीले जनाएको छ ।

खासगरी अमेरिकाले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने बताउँदै आएको छ र युक्रेनलाई साथ दिंदै आएको छ ।

यद्यपि रुसले आक्रमणको तयारी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । शुक्रबार मात्रै रुसी विदेशमन्त्रीले आफूहरुले युद्ध नचाहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?