+

घरेलु टोली क्यामरुन सेमिफाइनलमा

२०७८ माघ  १६ गते ८:५८ २०७८ माघ १६ गते ८:५८
घरेलु टोली क्यामरुन सेमिफाइनलमा

१६ माघ, काठमाडौं । आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा गाम्बियालाई २-० ले पराजित गर्दै घरेलु टोली क्यामरुनले अन्तिम चारमा स्थान बनाएको हो ।

क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकाम्बीले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं र ५७औं मिनेटमा गोल गरेका थिए ।

क्यामरुनले अब फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोबीचको विजेतासँग खेल्नेछ।

 

अफ्रिकन कप अफ नेसन्स क्यामरुन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय