+
+

जब शाहरुखको घरमा मदिरा सेवन गरेर पुगे कपिल शर्मा…

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १२:०५

१६ माघ, काठमाडौं । कलाकार तथा कमेडियन कपिल शर्मा ओटीटी प्लेटफर्म नेटफ्लिक्सको नयाँ शो ‘स्टेण्डअप कपिल शर्मा: आई एम नट डन एट’ मार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् । उनले यो शोमा आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाइरहेका छन् ।

कपिलले बलिउड अभिनेता शाहरुख खानको घरमा मदिरा सेवन गरेर पुगेको विषयमा पनि रोचक किस्सा सुनाएका छन् । कपिलका अनुसार उनको घरमा उनकी भतिजी आएकी थिइन् । भतिजीले शाहरुखको घर मन्नत हेर्ने चाहना राखेपछि कपिलले उनलाई मन्नत लिएर गएका थिए ।

उनले सुनाए, ‘मैले मदिरा सेवन गरेको थिएँ । मैले भतिजीको इच्छा पूरा गर्ने उद्देश्यले गाडीमा राखेर उनलाई मन्नतसम्म लिएर गएँ । शाहरुखको घरमा पार्टी चलिरहेकाले गेट खुल्ला नै थियो । सेक्युरिटी गार्डले पनि मलाई देखेपछि भित्र प्रवेश गर्न दिए । जब म मन्नतको भित्र पुगें, मलाई आफूले राम्रो काम नगरेको महसुस भयो । त्यसै बेला शाहरुखकी म्यानेजर आइन् र मलाई पार्टी हलमा लिएर गइन् । त्यतिबेला रातको ३ बजेको थियो ।’

कपिलले अगाडि भने, ‘मैले कपडा पनि राम्रो लगाएको थिइनँ । म मदिराले मातिएको थिएँ । जब पार्टी हलको ढोका खुल्यो, मैले गौरी खानलाई देखें । उनले मलाई हेल्लो भनिन् र शाहरुख अर्को कोठामा भएको जवाफ दिइन् । शाहरुख अर्को कोठामा नाचिरहेका थिए ।’

कपिलले आफू शाहरुखको छेउमा पुगेर उनीसँग माफी मागेको बताए । तर शाहरुख आफ्नो कुरा सुनेर नरिसाएको पनि कपिलले बताए । उनले सुनाए, ‘शाहरुख र म लामो समयसम्म डान्समा रमायौं । बाहिर निस्कने बेलामा शाहरुख मलाई गेटसम्म छाड्न आएका थिए । उनका सबै स्टाफले मसँग तस्वीर खिचाएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?