+
+

वीरगञ्जमा बालिका हत्या आरोपमा युवक पक्राउ

वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १४:३९

१६ माघ, वीरगञ्ज । वीरगञ्जमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो ।

मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘योजना बनाएरै बालिकाको हत्या गरेको तथ्य खुलेको छ ।’ उनले भने तथ्यलाई पुष्टी गर्न प्रमाणहरु पनि संकलन भएका छन् ।’

माघ २ गते नै पक्राउ परेका मोतीको बारेमा प्रहरीले आइतबार जानकारी दिएको छ । उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?