+
+

काठमाडौं विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने

रासस रासस
२०७८ माघ १६ गते १९:४०

१६ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो विश्वविद्यालयले आज भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो ।

विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए । हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत एक हजार १३१ वटा शिक्षालयमा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले त्यस्तो जनशक्ति उत्पादन गर्न लागिएको उनले जानकारी दिए ।

उक्त बिटेकएड १३६ क्रेडिट आवरको हुने र चारवर्षे कार्यक्रमका लागि करिब छ लाख शुल्क लाग्नेछ । प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिकशास्त्र र गणितलाई मूल विषय बनाए उत्तीर्ण गरेका विद्यार्थी, ९–१२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन् । यस विषय अध्ययनका लागि चार वर्षमा पाँच लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आइटी विषयका लागि ३०, सिन्धुली टेक्निकल इन्स्टिच्युटमा आइटीका लागि २० र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ । यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन् । देशभर यस वर्ष १०० जना विद्यार्थीले बिटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ । सो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले आउँदो फेब्रुअरी २१ सम्म फारम खुला गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?