+
+

मोरक्कोविरुद्ध पुनरागमन जितसहित इजिप्ट सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते ८:२३

१७ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्को विरुद्ध पुनरागमन जित हात पार्दै इजिप्ट अन्तिम चारमा प्रवेश गरेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाएर इजिप्टले मोरक्कोलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर मोरक्कोले त्यो अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा इजिप्टले पुनरागमन गर्‍यो । ५३ औं मिनेटमा कप्तान मोहम्मद सालाहले इजिप्टका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ इजिप्टले गोल थप्दै जित हात पार्‍यो ।

इजिप्टका लागि एक सयौँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले सालाहको पासमा गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए  ।

अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?