+

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

२०७८ माघ  १७ गते १०:१२ २०७८ माघ १७ गते १०:१२
भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

१७ माघ, काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् ।

उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।

क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए।

श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘प्रशिक्षक रघुले म अमेरिकामा हुँदा सँगै काम गरेका थिए। उनी निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपालको केही कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु ।’

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी-२० विश्वकप ग्लाेबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी-२० सिरिज खेल्दैछ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय