
१७ माघ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् ।
नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4