+
+

शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १४:१५

१८ माघ, काठमाडौं । इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् ।

इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् ।

मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए ।

आफूले बच्चैदेखि आफूमा यो क्षमता देखेको र धेरै वर्षको अभ्यास र कडा मेहेनतबाट क्षमतामा वृद्धि गर्दै विश्व किर्तिमान कायम गरेको उनले बताएका छन् ।

आफुले जुनसुकै चिज पनि आफ्नो शरीर सन्तुलनमा अड्याउन सक्ने उनी बताउँछन्। समतल सतह भएका प्लास्टिक, गिलास, फलफूल, ढुंगा, काठदेखि बच्चासमेत उनले जिउमा टाँसेर अड्याउन सक्दछन् ।

स्मरण रहोस् यसअघि शरीरमा सबैभन्दा धेरै चम्चा अड्याउने कार्यको किर्तिमान स्पेनको मार्कोस रुइज सेबालोसको नाममा थियो । उनले जिमा ६४ वटा चम्चा अड्याएका थिए । तर मोख्तारीले उनको ६४ चम्चाको किर्तिमान भंग गर्ने क्रममा आफ्नो जिउमा ८५ चम्चा अड्याइदिएका छन् । एजेन्सीको सहयोगमा

@guinnessworldrecordsMost spoons balanced on the body 🥄 85 by Abolfazl Saber Mokhtari 🇮🇷♬ Famous Mozart’s Turkish March(872150) – East Valley Music

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?