+
+

सहायक वन अधिकृतमाथि मोसो दल्नेलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:०५

१८ माघ, धनगढी । कर्मचारीका विभिन्न संघ संगठनले कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव समूहका कार्यकर्तालाई कारबाही गर्न माग गरेका छन् ।

विभिन्न नौवटा कर्मचारी ट्रेड युनियन, संगठन तथा वन प्राविधिक संघले संयुक्त रुपमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

सहायक वन अधिकृत पण्डितले कार्यालयको कामकाज गरिरहेको समयमा आफूलाई नेकपा विप्लव समूहको कार्यकर्ता बताउने व्यक्तिहरूले उनीमाथि अभद्र व्यवहार गरेको भन्दै उनीहरुले तत्काल दोषीलाई कारबाहीको माग गरेका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘यस्तो गैरकानूनी, अमानवीय र घृणित कार्यको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ । दोषीलाई कडाभन्दा कडा कानूनी कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछौँ ।’

राष्ट्र सेवक कर्मचारीको जिउज्यान सुरक्षाको प्रत्याभूति दिलाउँदै स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण सिर्जना गर्न पनि माग गरिएको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन (निजामती) एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल फरेष्ट टेक्निसियन एशोसिएसन, प्रगतिशील वन प्राविधिक संघलगायत पेशागत संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।

चन्दा आतंकको विरोध गरेको भन्दै पण्डितमाथि आफूलाई नेकपा विप्लवको कार्यकर्ता बताउने व्यक्तिहरूको समूहले सोमबार मोसो दलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?