+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेविसंघको अधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १७:१२

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।

महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताए ।

‘केही दिन भित्रै हामी निर्णय गर्छौं । र, त्यो निर्णयलाई सबै साथीभाइले साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइदिनुहोस्, यति नै आग्रह गर्दछु । केन्द्रीय कार्य सम्पादन समितिमा भ्रातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ’ उनले भने, ‘त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५/१६ मै निर्णय होस् भन्ने चाहन्थ्यौं । कोभिडका कारण बैठक बस्न सकेन । अब कार्य सम्पादन बस्छ । सम्भवतः यही शुक्रबार बस्छ होला । त्यसबारे निर्णय हुन्छ।’

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराए ।

त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?