
काठमाडौं । पछिल्ला केही महिना यता टाटा मोटर्सको प्यासेन्जर कार निकै उत्कृष्ट सावित हुँदै गएको कम्पनीले बताएको छ । भारतीय सवारी साधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै आफूलाई उत्कृष्ट सावित बनाउँदै लगेको कम्पनीले बताएको छ ।
टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्च उत्पादन गरेको र एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय कारको उत्पादन पनि वृद्धि गरेको टाटा मोटर्सले जनाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।
टाटा मोटर्सले डिसेम्बर २०२१ मा ३५ हजार ३०० युनिट कार उत्पादन गर्दै दोस्रो स्थानमा पर्न सफल भएको थियो । कम्पनीले जनवरी २०२२ सम्म आइपुग्दा उत्पादन र बिक्री दुवै बढाएको छ । डिसेम्बर २०२१ मा भन्दा जनवरी २०२२ मा ५ हजार ४७७ यूनिट कार बढी बिक्री गर्दै यो रेकर्ड ४० हजार ७७७ पुर्याएको कम्पनीले जनाएको छ । सेमि कन्डक्टरको समस्या भोग्दै आएका अन्य ब्राण्डको तुलनामा टाटा मोटर्सले निकै तीब्र गतिमा गाडीको उत्पादन गर्दै आएको छ ।
कम्पनीले २०२२ को पहिलो महिना जनवरीमा ४० हजार ७७७ यूनिट कार फ्याक्ट्रिबाट डिलरमा पठाएर नयाँ रेकर्ड बनाएको बताएको छ । एकै महिनामा ४० हजार यूनिट भन्दा बढी कार बिक्री गरेको यो नै पहिलो पटक भएको कम्पनीको भनाइ छ ।
टाटा मोटर्सको बिक्री बढ्नुमा सीएनजी भेरियन्टको पनि महत्वपूर्ण भूमिका देखिएको छ । जनवरी १९ तारिखमा टाटा मोटर्सले टियागो र टिगोरलाई सीएनजीमा उपलब्ध गराएको थियो । करिब १३ दिनको अवधिमा कम्पनीले ३ हजार यूनिट सीएनजी कार बिक्री गरेको जनाएको छ ।
प्रतिक्रिया 4